नेकपाका दुई पक्षको छुट्टा छुट्दै बैठक आज बस्दै

KP_Madhav

काठमाडौं । नेकपा एमालेको दुई पक्षको आज छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन् भने माधव नेपाल पक्षले भर्चुअल माध्यमबाट बैठक बोलाएको छ ।

अध्यक्ष ओलीले भौतिक रुपमै उपस्थितिका लागि अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाएका छन् । भने झलनाथ खनाल र माधव नेपाल पक्षले बैठक भर्चुअल रूपमा बस्नेछ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र बिहान ११ बजे बैठक सुरू हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित