फेरी बढ्यो पेट्रोल, डिजेलको मूल्य, निषेधाज्ञाकै बीच दुईपटक मूल्य वृद्धि

petrol

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित