कर छल्न र कमिशनको खेलमा एनसेलले देशभरका डिलर र डिस्टिब्युटरलाई खारेज गरेको रहस्य

ncelacharyaकाठमाडौं ।  सरकारलाई३५ अर्ब लाभकर नबुझाइ उक्त रकम मिनाहा गर्ने खेलमा लागेको निजी क्षेत्रको दूरसञ्चार संस्था एनसेलले कर छल्नकै लागि आधिकारिक डिलरमार्फत नभइ अन्य व्यक्ति वा संस्थामार्फत कारोबार गरेको रहस्य खुलेको छ ।

 पोखरास्थित ‘जोनल एजेन्ट’ प्राइम एक्सेज प्रालिमा बैदाम प्रहरीले  छापा मार्दा एक करोड ८१ लाख ६० हजार बराबरको अबैध रिचार्ज कार्डका कार्टुन भेटिएपछि  यो रहस्य बाहिर आएको हो  । उक्त मूल्य बराबरको सामग्री भेटिए पनि खरिद/बिक्री बिल, भ्याट बिल केही पनि नभेटिएको प्रहरीले जनाएको छ ।

 त्यसो त एनसेलमा युरोपियन कम्पनी टेलियासोनेराको ८० प्रतिशत शेयर मलेसियन कम्पनी एक्जियताले खरिद गरेसँगै एनसेलका डिलरहरुमाथि व्यावसायिक मर्यादामा आँच आउने गरी  व्यवस्थापनले दबाब दिने गरेको डिलरहरुले आरोप लगाउँदै आएका थिए ।

 केही समय अघी एक्जियता व्यवस्थापनले नेपालभरिका १ सय १० वटा डिलर र पाँच  डिस्टिब्युटरलाई बिना जानकारी खारेज गरेको छ । जसका कारण उनीहरु आन्दोलित भएका छन् । एनसेल डिलर्स एसोसिएसन अफ नेपालले भने भ्रष्ट , दलाली र कर छल्ने व्यक्तिको खेलमा लागेर  बिना जानकारी १ सय १० वटा डिलर र पाँच  डिस्टिब्युटरलाई टर्मिनेसन गर्ने काम भएको आरोप लगाएको छ । डिलर्स एसोसिएसनले उक्त निर्णय तुरुन्तै खारेज नगरे कम्पनीप्रति नराम्रो असर पुग्ने चेतावनी दिएको छ ।

daya

प्रतिक्रिया

सम्बन्धित