एमाले नेता भट्टराईको प्रश्न– ‘नेकपा एकतामा कसले, किन केका लागि यी सब गर्दैछ ?

Yogesh Bhattarai

काठमाडौं । नेकपा एमालेका दोस्रो पुस्ताका नेताले एमाले एकतामा बाह्यशक्तिको हस्तक्षेप रहेको बताएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमा नेकपाको एकतामा शीर्षस्थ नेताहरुमा एकता हुन नदिनका लागि कसले, किन र केका लागि यी सब गर्दैछ भनेर प्रश्न गरेका छन् ।

भट्टराईले आप्mनो दलका नेताहरुबीच छलफल गर्नुभन्दा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुने विषयलाई प्रमुख समस्याको रुपमा लिएका छन् ।
उनले अगाडि भनेका छन् , ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । ’

त्यस्तै उनले, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने, कस्ले, किन र के कालागि गर्दैछ यो सब ? ’ भनेका छन् ।

'एमाले एकताको समस्याको मुल जड यहिं छ ।, यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ,' भट्टराइल्े एमाले कार्यकर्ताहरू समक्ष अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित