स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरे सम्पत्तिविवरण

sher bahadur

काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्री बनेको केहि दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गरेका थिए ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनी भन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।

प्रतिक्रिया

सम्बन्धित