गण्डकीमा ढले पृथ्वी सुब्बा, प्रदेशसभाको अर्को बैठक भोली ११ बजे बस्ने

Prithivi Subba

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभामा आफूलाई विश्वासको मतको प्रस्ताव राखेपछि भर्खरै सम्पन्न मतदानपछि उनको पक्षमा २७ मत मात्र प्राप्त गरेपछि सुब्बाको सरकार ढलेको हो ।

आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको घोषणा गरिएको छ ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

प्रदेश सभाको अर्को बैठक जेठ २९ अर्थात भोली शुक्रबार बिहान ११ बस्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित