थप उपचारका लागि खनाललाई दिल्ली लगिँदै

Jhalanath

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ।

खनालको सचिवालयका अनुसार खनालकाे स्वास्थ्यमा सुधार नदेखिएपछि बुधबार भारतको नयाँदिल्ली लगिने भएको हो ।  

खनाललाई  दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरिनेछ। नर्भिकमा उपचार गराईरहेका उनको रगतमा हेमोग्लोबिन कम देखिएको छ भने ज्वरोमा कमी आएको छैन।

लगातार चार दिनदेखि ज्वरो आएपछि उनलाई नर्भिकमा राखिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित