कोपा अमेरिका फुटबलः मेसी र स्वारेजको भिडन्तमा मेसी टिमले मार्यो बाजी

Suwarej

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गराएको छ। बार्सिलोनाबाट सँगै खेलेका दुई महारथी लियोनल मेस्सी र लुइस स्वारेजबीचको भिडन्त मानिएको उक्त प्रतियोगिता मेस्सीको टिमले बाजी मारेको छ ।

शनिबार विहान भएको समूह ‘ए' को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो।

अर्जेन्टिना यसअघि पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

शनिबार अर्जेन्टिनाको जितमा खेलको १३ मिनेटमा रोद्रिगेजले गरेको गोल निर्णायक सावित भयो। उनले मेसीले उपलब्ध गराएको क्रसमा हेडमार्फत गोल गरेका थिए।

जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

कोपा अमेरिकामा अर्जेन्टिना र उरुग्वेबीचको यो ३२औं भिडन्त हो।

जसमा अर्जेन्टिनाले १४औं जित हात पार्‍यो। उरुग्वेले १३ खेलमा जित हात पारेको छ। ५ खेल बराबरीमा सकिएका छन्।

अर्जेन्टिनाले पराजित गर्नुअघि चिलीले बोलिभियालाई पनि १–० गोलले नै पराजित गर्‍यो। चिलीको पनि समूहमा चार अंक भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित