ग्लोबल आईएमई बैंकको मनपरी, ट्राफिकमा पैसा बुझाउन पुगेका सर्वसाधारण आक्रोसित

glowalimeकाठमाडौं । जनताको सेवा र सुविधाका लागि भन्दै स्थापना भएका बैंक तथा वित्तिय संस्थाहरु मनपरी ढंगले सञ्चालन हुँदा सर्वसाधरण जनता कति मारमा पर्छन् भन्ने उदाहरण पछिल्लो समय ग्लोवल आईएमई बैंकले देखाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखामा रहेको ग्लोबल आईएमई बैंकको काउण्टरमा दुई दिनसम्म पनि सेवाग्राहीले रकम बुझाउन नपाउँदा सर्वसाधरणहरु मर्कामा परेका हुन् ।

 ट्राफिक प्रहरीको विभिन्न कारबाहीमा परेका सवारी चालकहरुले सरकारले तोकेको रकम बुझाएर आफ्नो सवारी कागजपत्र समयमै लिनुपर्ने प्रावधान छ । यसरी महाशाखालाई बुझाउनु पर्ने रकम सेवाग्राहिले ग्लोबल आईएमई बैंकमा मात्र बुझाउनु पर्ने बाध्यता बनाइएको छ ।

 पैसा बुझाएको उक्त भौचर ट्राफिक प्रहरीमा दिएपछि मात्र चालकले आफ्नो सवारी कागजपत्र लिन पाउँछन् । विभिन्न कारबाहीमा परेका चालकहरुबाट दैनिक लाखौं रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा हुन्छ । यसरी आफ्नो काजगपत्र फिर्ता लिनका लागि ग्लोबल आईएमईमा पैसा जम्मा गर्न पुगेका सेवाग्राहि मात्र होइन अन्य सेवाग्राहिले पनि दुई दिनसम्म बैंकको सर्भर डाउन हुँदा आर्थिक कारोबार गर्न पाएनन् । घटना गत २७ र २८ गतेको हो ।

 ट्राफिक प्रहरीले यस्ता समस्याको बारेमा सोच्दै नसोची एउटा मात्र बैंकलाई रकम जम्मा गर्ने जिम्मा दिंदा सेवाग्राहिहरु मर्कामा परेका हुन् । त्यसो त बैंकले दुई दिनसम्म आफ्नो सर्भर डाउन हुँदा पनि बनाउने प्रयास नै गरेन ।

 महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआईजी मिङमार लामाले यो प्राविधिक समस्या भएको बताउँदै महालेखाको सफ्टवेयर र ग्लोबलको सर्भरबाट काउन्टर सञ्चालन भइरहेको हुँदा प्रहरीले चाहेर पनि केही गर्न नसकेको स्वीकारे । उनले भने–‘सर्भर बनाउन झण्डै तीन करोड चाहिन्छ । तर, हामी सेवाग्राहिको समस्याप्रति गंभिर भएर सेवाग्राहिलाई विश्वास दिलाउन लागि परेका छौं ।’चन्द्र ढकालद्धारा सञ्चालित ग्लोबल आईएमई बैंक यसअघि पनि विभिन्न विवादमा मुछिदै आएको छ ।

 अबैध हुण्डी र डलर कारोबारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष अनुसन्धान महाशाखाले बैंकको सम्पूर्ण खाता विवरण मगाएर अनुसन्धान गरिरहेको छ । सोही कारण पनि बैंकले सर्भरमा समस्या खडा गरेको आशंका गरिएको छ ।

 यूनाइटेड पोस्ट साप्ताहिकबाट 

प्रतिक्रिया

सम्बन्धित