नेपालमा पछिल्लो २४ घन्टामा थप २४४२ संक्रमित, ३ हजार ४५६ कोरोनामुक्त, ५१ को मृत्यु

Nepal_Corona_MN

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २४४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा उक्त कुरा बताइएको हो ।

नेपालमा हालसम्म ६ लाख ४७ हजार ६ सय ५१ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षण अनुसार १० हजार ९ सय ५६ जनाको परिक्षण गरिएको जनाइएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ३४५६ जना कोरोनामुक्त भएका छन्् ।

त्यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५५ हजार ५ सय ३२ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित