अवैध गाँजा र नगदसहित ३ भारतीयसहित ६ जना पक्राउ

काठमाडौं । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज–१ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन्।

यसै गरी भारतीय नागरिक भारत अररिया फार्बिजगन्जका–१९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुरका–२८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका–३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन्।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतिय नगद रु २ हजारलगायत विभिन्न कम्पनीको मोबाइल थान-६ फेला पारी बरामद गरेको छ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसारपसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका–६ रामपुरस्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ।

पक्राउ परेका मध्ये सुर्य राई भेन चालक रहेको खुल्न आएको छ। पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले छ ।

 

प्रतिक्रिया

सम्बन्धित