१५ वर्षीया बालिकालाई धुलिखेलबाट भक्तपुर ल्याई बलात्कार गर्ने युवक पक्राउ

arrest

भक्तपुर । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईंले स्थानीय १५ वर्षीया बालिकालाई फकाई फुल्याई धुलिखेलबाट भक्तपुरबाट ल्याएर बलात्कार गरेको उजुरी पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धुलिखेलबाट फकाई फुल्याई बालिकालाई लिएर हिँडेका चौलागाईंले भक्तपुर नगरपालिका–४ को एक गेष्ट हाउसमा लगेर बालिकालाई धम्की दिई जबरजस्ती करणी गरेको जनाइएको छ । ‘खाजा नास्ता खान भनी गेष्ट हाउसमा लगेको र धम्की दिएर करणी गरेको बालिकाले बताएकी छिन्,’ परिसर प्रवक्ता दीपक गिरीले भने।

बालिकालाई प्रहरीले सुन्धारा क्षेत्रबाटै फेला पारेर सोधीखोजी गरेपछि प्रहरीले चौलागाईंलाई खोजी गरी सोही क्षेत्रबाट पक्राउ गरेको थियो । बालिकाकी आमाले आइतबार नै जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि चौलागाईंलाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित