राष्ट्रपति भण्डारीले गरिन् विभिन्न संवैधानिक आयोगमा नियुक्ति

niyukti

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी भएका छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा डा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगका आयुक्तमा सगुनशम्शेर जबरा नियुक्त भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला, महिला आयोगका सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी नियुक्त भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् । सोही आयोगका सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त भएका छन् ।

आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी, थारु आयोगका सदस्यमा शान्ति मोदी र उमाशंकरप्रसाद चौधरी र मुस्लिम आयोगका सदस्यमा मोहम्मदसमशुक हक नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक परिषद्का सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले विभिन्न संवैधानिक आयोगका अध्यक्ष एवम् पदाधिकारी नियुक्त गरेकी हुन् ।

aayog niyukti

 

 

प्रतिक्रिया

सम्बन्धित