एउटै न्यायधिसले तेस्रो पटक आईजीपी बन्नबाट पीडित डिआईजी सिलवालको मुद्दा हेर्दै

silwal proffकाठमाडौं । सरकारले डिआईजी जयबहादुर चन्लाई प्रहरी महानिरीक्षक(आईजीपी) मा नियुक्ति गरेपछि प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलाशको अल्पकालिन आदेशले शुरुमा त्यसलाई रोक्यो । पछि न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशले सोही आदेशलाई निरन्तरता दियो र, अन्तिममा प्रधानन्यायाधीश कार्की, न्यायाधीश इश्वर खतिवडालगायतको बृहत इजलाशले चन्दको नियुक्ति खारेज गरी सिलवालको पक्षमा आईजीपी बनाउने गरी आदेश नै जारी ग-यो । सोही बीचमा मिटरव्याजमा पैसा लगाउने, मानव ओसारपसार जस्तो झुटो मुद्दा लगाएर आफ्नो बुबालाई फसाएको र राज्यका जुनसुकै निकायमा धाउँदा पनि न्याय नपाएको भन्दै गुनबहादुर थापा(शम्भु) का छोरा सागर थापाले डिआईजी नवराज सिलवाल विरुद्ध परमादेश जारी गरी पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरे । उक्त रिट पनि इश्वर खतिवडाकै बेञ्चमा परेर खारेज भयो । अहिले सोमबार मात्र सरकारले आईजीपी बनाएका प्रकाश अर्यालको भन्दा कार्य सम्पादनमा आफ्नो नम्बर बढि भएको भन्दै डिआईजी सिलवाल पुनः सर्वोच्चमा गएका छन् । उक्त रिटको सुनुवाइको लागि पनि खतिवडाकै इजलाशमा पेशी तोकिएको छ ।  यसअघि महान्यायाधीवक्त रमणकुमार श्रेष्ठले खतिवडाले एउटै व्यक्तिको दुई पटक मुद्दा हेरेको भन्दै इजलाशमै आपत्ति जनाएका थिए । तर, आज तिनै खतिवडाको इजलाशमा सिलवालको तेस्रो पटकको मुद्दाको सुनुवाई हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित