उपत्यकामा निषेधाज्ञा थप्न अहिले १० बजे बैठक बस्दै, सैलुन र ब्यूटीपार्लर अझै नखुल्ने !

Valley CDO

काठमाडौं । पछिल्लो २ महिनादेखि निषेधाज्ञामा रहेको उपत्यकामा निषेधाज्ञा पुनः एक साता थपिने भएको छ ।

आज मध्यरातीदेखि सकिँदै गरेको निषेधाज्ञा बढाउनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले १० बजे बस्दैछ ।

आजको बैठकपछि उपत्यकाका थप एक साताका लागि निषेधाज्ञा थप्ने तयारी गरेको जनाइएको छ । त्यस्तै सार्वजनिक सवारी साधनमा जोर विजोर लगाएर खुलाइने तयारी पनि गरिएको छ । यसअघिको निर्णय जस्तै पसलहरु बार अनुसार खोल्नेसम्बन्धी निर्णय यथावतै हुने जनाइएको छ ।

त्यस्तै यस साता पनि सैलुन, ब्यूटीपार्लरका साथै सभा सम्मेलन र खुल्ला ठाउँमा भेला हुन पाइने छैन । त्यस्तै सार्वजनिक सडक तथा बाटोहरुमा तरकारी तथा फलफूल बिक्रीका लागि पनि प्रतिबन्ध नै गरिने छ । त्यस्तै विद्यालय तथा कलेजहरु नखुल्ने नै जनाइएको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ सम्पन्न बैठकले निषेधाज्ञा थप एक हप्ता निरन्तरता दिने सम्बन्धी निर्णय सोमबारको बैठकले गर्ने जनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित