चन्दले अर्याललाई बधाई दिँदा सिलवाल अदालतमा, अाईजीपीले बोलाएको ब्रिफिङमा समेत गएनन्

nnnकाठमाडौं । सरकारले सोमबार बेलुका कार्यसम्पादनमा अगाडि रहेका डिआइजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्ती गरेपछी जयबहादुर चन्दले मंगलवार बिहान प्रहरी प्रधान कार्यालयमा पुगेर अर्याललाई बधाई दिएका छ्न्। चन्दले सोमबार बेलुका नै टेलिफोनमा अर्याललाई आइजीपी बनेकोमा बधाई दिएका थिए । हातमा फुलको गुच्छा बोकेर जयबहादुर चन्द मंगलवार बिहान प्रहरी प्रधान कार्यालय पुग्दा माहौल नै अर्कै देखियो ।  ‘चेन अफ कमाण्ड’ स्वीकार गर्ने प्रहरी अफिसरका लागि त्यो कुनै नौलो कुरा थिएन ।

 चन्दले अर्याललाई फुलको गुच्छा दिएर हात मिलाउँदा  दुवैको ओठमा मुस्कान देखिन्थ्यो । तर, मंगलबार बिहान पनि आइजीपी अर्याललाई बधाई दिन हेडक्वार्टर पुगेनन्, डिआइजी नवराज सिलवाल । घमण्डी स्वभावका सिलवाल र सालीन अर्यालको सम्बन्ध राम्रो छैन । बरु चन्द, अर्याल र बमहादुर भण्डारीबीचको सम्बन्ध निकै राम्रो छ ।

 सिलवाल आइजीपी अर्यालले बोलाएको ब्रिफिङमा समेत गएनन् ।  चन्दले अर्याललाई बधाई दिएकै समयमा सिलवालले भने सर्वोच्च अदालतमा मंगलबार दोस्रो रिट दर्ता गरेका छन् । अर्याललाई आईजीपीमा गरेको नियुक्ती बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी उनले रिट दर्ता गरेका हुन् ।

 यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। तर, चैत ८ गते सर्वोच्च अदालतले हस्तक्षेप गरी सरकारी निर्णय बदर गरिदिएको थियो।  कार्यकारीको निर्णयलाई रक्षा गर्ने सोमबार बेलुका सरकारले डिआइजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्ती गरेर सर्बोच्चलाई गतिलो जवाफ दिएको हो ।  यता, चन्दलाई सरकारले के गर्छ त्यो अहिले नै यकिन भइसकेको छैन ।

 सरकारले चन्दलाई के जिम्मेवारी दिन्छ वा चन्दले अब के गर्छन त्यो पनि यकिन छैन । स्रोतका अनुसार सरकारले चन्दलाई अाईजीपीको पत्र दिइसकेको हुँदा उनलाई अाईजीपीकै हैसियत सरह सुरक्षा सल्लाहकार बनाउने संभावना छ ।

प्रतिक्रिया

सम्बन्धित