अर्याललाई राति नै आईजीपीको दर्ज्यानी , प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास

aryrकाठमाडौं । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त आईजीपी प्रकाश अर्याललाई राति नै दज्र्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।  मन्त्रिपरिषद् बैठकले सोमबार साँझ डीआईजीबाट आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २६ औँ आईजीपी भएका छन् ।  अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उनको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो। सर्बोच्च अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा वरियतालाई आधार बनाएर आइजिपी नियुक्त गर्न सरकारको नाममा आदेश दिएपछि सोमबारको मन्त्रिपरिषदले उनलाई महानिरीक्षक नियुक्त गरेको हो।

२०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अर्याल दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा प्रहरी प्रमुख भएर काम गरे। उनी सिअाइबी,अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भए। प्रहरीमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा गनिन्छन्। उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।

यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। तर चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिएको थियो।

प्रतिक्रिया

सम्बन्धित