केन्द्रीय सदस्य बस्नेतद्वारा प्रस्तावित ८ बुँदा पार्टी कार्यालयमा दर्ता (पत्रसहित)
काठमाडौं । पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले केन्द्रीय कमिटिको बैठकमा राखेको ८ बुँदे प्रस्तावलाई पार्टी कार्यालयमा दर्ता गराएका छन् ।
पार्टीको हितका लागि बस्नेतले केन्द्रीय कमिटिमा प्रस्तुत गरेको प्रस्ताव पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङमार्फत दर्ता गरिएको नेता बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतले आफूले मुलुकको आवश्यकतालाई ध्यानमा राखी विगत देखिनै सम्बाहकको भूमिका निर्वाह गर्दै आएकोमा मुलुकको हितका लागि एमालेले साक्षी मात्र नभई साझेदारी नै रहेको कुरा उल्लेख गरेका छन् ।
बस्नेतले केन्द्रीय कमिटीमा संघीयताका साथै मुलुकको बिशिष्ट पहिचान, धर्म निरपेक्षताको बारेमा बहस, शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गर्ने, पार्टी अध्यक्ष २ कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था थर्ने, पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यही बैठकबाट कार्यदल बनाएर जानुपर्नेलगायतका ८ बुँदा प्रस्तुत गरेका थिए ।
पत्रः
प्रतिक्रिया