प्रतिनिधि सभा विघटनसम्बन्धी बहस सकियो, अर्को पेसी २८ असारमा

supreme

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासले असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखेको छ।

सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दाको असार २८ गते अर्को पेशी तोकिएको बताएका हुन्।

योसँगै उक्त मुद्दामा असार २८ पछिमात्रै सर्वोच्चको आदेश आउने भएको छ। उक्त मुद्दाका रिट निवेदक र विपक्षीतर्फका वकिलको बहस सकिएको छ।

सोमबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले जवाफी बहस गरेका थिए। आजै इजलासलाई राय दिन बनाइएको एमिकस क्युरीका चार जनाले पनि बहस गरेका थिए। बहसको सबै प्रक्रिया सकिएकाले असार २८ मै फैसला आउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित