आजदेखि सूर्यबिनायक नगरभित्रका यी ठाउँमा लगाइँदैछ दोस्रो चरणको खोप (सूचनासहित)

covid19_vaccine_391730621

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मंगलबार अर्थात् आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।

गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आजदेखि पर्सि अर्थात् असार २२ र २३ गते सम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका हुन् ।

सूर्यबिनायक नागरपालिकाले प्रकाशित गरेको सूचना अनुसार सूर्यबिनायक नगरअन्तर्गतका १० वटै वडमा खोप लगाइने जनाइएको छ ।

खोप लगाउनका लागि गत जेठ २५ र २६ मा खोप लगाएका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई बिहान ११ बजेदेखि ३ बजेसम्म उपस्थिति हुन आह्वान गरिएको छ ।

No photo description available.

प्रतिक्रिया

सम्बन्धित