राजधानी मोडल कलेजमा एमबीएको कक्षा संचालन, २० अप्रिलसम्म आवेदनको समय

rajcollकाठमाडौं । देशकै नमूना विजनेस कलेजका रुपमा विकास गर्ने उदेश्यले खोलिएको राजधानी मोडल कलेजले एमबीएको कक्षा सँचालनमा ल्याएको छ । बीबीएको पढाईमा राजधानी मोडल कलेज अग्रणी संस्थाका रुपमा चिनिंदै आएको छ ।

 मध्यबानेश्वरमा रहेको कलेजले एक सेमेष्टरमा ३० सिटमा एमबीए पढाउने गरी पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएसँगै एमबीए अध्ययनका लागि भर्ना आव्हान गरिसकेको छ । कलेजले एमबीए भर्नाका लागि २० अप्रिलसम्म आवेदन बुझाइसक्नुपर्ने समय पनि तोकेको छ ।

 कलेजका संस्थापक प्रिन्सिपल केपी पन्तले ४ वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमै कलेजले बीबीए पढाईमा विद्यार्थीहरुलाई उत्कृष्ट र गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको  र  नयाँ सम्बन्धनसँगै आफूहरु थप उत्साहित भएको माइन्युज नेपालसँग वताए ।

 पोखरा विश्वविद्यालयले यस अघि चार वटा कलेजलाई सम्बन्धन दिएकोमा यस पटक राजधानी मोडल कलेज सहित विभिन्न ५ वटा कलेजले एमविएका कक्षा सञ्चालन गर्ने सम्बन्धन प्राप्त गरेका हुन । उक्त सम्बन्धनसँगै कलेजले एक सेमेष्टरमा ३० जना विद्यार्थी पढाउने छ ।

प्रतिक्रिया

सम्बन्धित