कांग्रेस सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

Sher Bahadur Deuba

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै देउवा पाँचौंपटक पर्सि बुधबार नेपालको प्रधानमन्त्री हुने भएका छन् ।

सर्वोच्चले प्रधानमन्त्री ओलीको सिफारिसमा विघटित संसद पनि पुर्नस्थापित गरिदिएको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न  परमादेश जारी गरेको छ। सर्वोच्चको आदेशअनुसार देउवा पर्सि बुधबार प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।

त्यस्तै सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित