प्रचण्ड लेखा समिती जानु अघि नै टेलियाले भन्यो - हामीले नेपालमा कर बुझाउनुपर्ने कुनै दायित्व छैन

ebxकाठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेल विक्रिमा लाभकर वापत कुनै पनि रकम नतिर्ने भन्दै बिक्रेता कम्पनी टेलियासोनेराले विज्ञप्ती नै जारी गरेपछी ३५ अर्व लाभकर छली प्रकरण नयाँ मोडमा पुगेको छ ।

 एनसेल खरिद विक्रिमा लागेको लाभकर टेलियासोनेराबाट उठाउनुपर्छ भनेर ८० प्रतिशत शेयर खरिदकर्ता मलेसियन कम्पनी एक्जियटा र २० प्रतिशतका मालिक सतिशलाल आचार्यको समुहले मिडिया क्याम्पेन गरिरहेका बेला  टेलियासोनेरालेप्रेस विज्ञप्ती नै जारी गरेर नेपालमा कर नतिर्ने अडानलाई फेरी एकपटक स्पष्ट पारेको छ। 'हामीले गरेको अन्तराष्ट्रिय कारोवारमा नेपाल भित्र विवरण बुझाउनु पर्ने कुनै दायित्व छैन्, र कर बुझाउनुपर्ने दायित्व पनि छैन्,-  जारी प्रेस विज्ञप्तीमा छ।

 सन् २०१६ मा एनसेलको स्वामित्व विक्रि गर्दाको कर विवरण बुझाउन आग्रह गर्दै नेपालका कर अधिकारीले लेखेको पत्र ३ अप्रिलमा टेलिया कम्पनीले प्राप्त गरेको कम्पनीद्वारा ७ अप्रिलमा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । एनसेलको  ८० प्रतिशत स्वामित्व बेच्ने  टेलियासोनेरा  नर्वेको कम्पनी हो भने उसले विदेशी कारोवारमा नेपाल भित्र  करको दायित्व सिर्जना नहुने उल्लेख गरेको छ।नेपालका कर अधिकारीले प्रस्ताव गरेको कर र शुल्कमा कुनै पनि कानुनी आधार नभएको र कर भुक्तानी हुन नसक्ने टेलियाको अडान छ । यो सँगै अब  टेलियाले कर तिर्नु पर्छ भन्दै एनसेलको पक्षमा लागेर वकालत गर्दै आएका नेपाली कर प्रशासक, अर्थमन्त्री तथा आन्तरिक राजश्व विभागका महानिर्देशक कानुनी रुपमा संकटमा परेका छन्।

 प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि एनसेल सेयर कारोवारमा कर भुक्तानी दायित्व भएको एनसेललाई छुट दिंदै टेलियासँग कर उठाउने सार्वजनिक अभिव्यक्ती दिएका थिए ।

 यो बिषयमा स्पष्टिकरण दिन प्रधानमन्त्री प्रचण्ड आईतवार सार्वजनिक लेखा समितीमा जादैछन् । लाभकर प्रकरणमा सार्वजनिक लेखा समितिले अर्थमन्त्री कृष्णबहादुर महारालाई बोलाएर स्पष्टिकरण लिएको थियो।

http://www.teliacompany.com/en/news/news-articles/2017/new-letter/

New request for Nepalese tax return

प्रतिक्रिया

सम्बन्धित