सरकार परिवर्तन सामान्य घटनाः नेता बाँस्कोटा

Gokul-Baskot

काठमाडौं । सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा सम्पन्न मत परिणामपछि ओलीपक्षीय नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन घटना सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार मध्यरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारी मतका साथ विश्वासको मत प्राप्त गरिसकेपछि प्रतिक्रिया दिने क्रममा बाँस्कोटाले अहिले नै टिप्पणी गर्ने बेला नभएकोले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा बल्ल टिप्पणी गरिने बताए ।

यसअघि सर्वोच्चको आदेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षीमा ८३ मत परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित