उपत्यकामा ७१९ सहित देशभर थप ३१ सय ८ जनामा कोरोना संक्रमण

Nepal_Corona_MN

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७१९ सहित देशभर ३१ सय ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षण भएको जनाएको छ । जसमा ३१ सय ८ जनालाई पोजेटिभ देखिएको हो। यस्तै सोही अवधिमा १५ सय ९५ जना निको भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३१,भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनालाई पोजेटिभ देखिएको छ ।

अहिले सक्रिय संक्रमित २५ हजार ८३७ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख २१ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित