कांग्रेस सभापति देउवालाई १० दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

sher-bahadur-deuba-08-1457411828काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ । अदालतको अवहेलना सम्बन्धि मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै १० दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको हो । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कांग्रेस केन्द्रीय समितिले निर्णय र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरि मैनालीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश जारी गरेको थियो । कार्यसम्पादन मुल्याङककनमा डिआईजी प्रकाश अर्याल अघि छन् ।  कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भनेको छ । अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म नरिवाना वा दुबै सजाय हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित