‘फस्ट ह्याण्ड इन्फरमेशन’ प्रदान गर्दै एक्सपर्ट

expert logoकाठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिले विभिन्न ठाउँमा शैक्षिक मेला र सेमिनारहरु गर्दै आएको छ । विश्व नै ग्लोवल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा सेमिनार गर्दै एक्सपर्टले विद्यार्थीहरूलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरू र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरूको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागतलगायतका विषयमा परामर्श सेवा प्रदान गरिरहेको छ ।

 प्रत्येक इन्टेक अगाडि एक्सपर्टले अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई नेपालमा ल्याएर विद्यार्थीहरूलाई ‘फस्ट ह्याण्ड इन्फरमेशन’ प्रदान गरिरहेको छ । चैत २१ गतेबाट उपत्यका बाहिरका विभिन्न स्थानहरूमा मेला आयोजना भइरहेका छन् ।

 काठमाडौंमा भने २६ गते शनिबार हुँदैछ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुने मेलामा अष्ट्रेलियाका चारवटा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने छ । मेलामा यूटीएस इन्सर्च, फ्लाइन्डर्स युनिभर्सीटी, चाल्र्स स्टुट युनिभर्सीटी, टिएएफई वेस्टन सिड्नी इन्टिच्युडका प्रतिनिधिहरूको सहभागिता जनाउने छन् । मेलामा अष्ट्रेलियाका एक्पर्टकाका प्रनिनिधिहरूको पनि सहभागिता रहने भएकाले विद्यार्थीहरूलाई अष्ट्रेलिया पुगेपछि झन सहज हुने जनरल मेनेजर जयराम अर्याल दावी गर्छन ।

 चैत २१ गते विर्तामोड, २२ गते इटहरी, २३ गते चितवनमा मेला सम्पन्न भइसकेका छन् छन् भने २४ गते (आज) बुटवलमा आयोजना हुँदैछ । त्यसैगरी २५ गते पोखरामा मेला आयोजना हुने मेनेजर अर्यालले बताए । सन् २००३ बाट एक्सपर्टले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई गुणस्तरिय परामर्श प्रदान गर्दै आइरहेको छ । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्ट अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको कन्सलटेन्सी हो ।

 एक्सपर्ट सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरूद्धारा सञ्चालित छ । अष्ट्रेलियामा एकेडेमिक र व्यवसायिक शिक्षा आर्जन गर्न नेपाली विद्यार्थी जाने गरेका छन् । दुवै थरी विद्यार्थीका लागि अष्ट्रेलिया सरकारले प्रवेशको छुट्टाछुट्टै नियम लगाएको छ । अध्ययनको लागि जान चाहने विद्यार्थीहरूलाई अष्ट्रेलियाको भिसा प्रक्रिया पनि केही सहज रहेको बताउनु हुन्छ जनरल मेनेजर अर्याल । सन् २००३ मा नै काठमाडौंबाट सेवा विस्तार गरिरहेको एक्सपर्टले अहिले अष्ट्रेलियाको व्रिसवन, मेलवर्न, एडिलेड र गोलकोष्ट तथा नेपालको चितवन, बुटवल, पोखरा र विर्तामोडबाट शैक्षिक परामर्श प्रदान गरिरहेको छ ।

 एक्सपर्ट अष्ट्रेलियाका लागि मात्र काम गर्ने संस्था भएको र एक्सपर्टले विद्यार्थीहरूलाई दिने परामर्श, सेवा र सुविधा, विद्यार्थीले अष्ट्रेलिया पुगेर पाउने सुविधा, विद्यार्थीको अध्ययन पछाडिको भविश्यलगायतका विषयमा पूर्ण जानकारी प्रदान गर्ने जनरल मेनेजर अर्याल बताउँछन् ।

 यतिमात्र होइन एक्सपर्टले विद्यार्थीहरूको आर्थिक, शैक्षिक अवस्था र उसको चाहनाका बारेर पूर्ण जानकारी लिइसकेपछि उसलाई बेष्ट कोर्ष, वेष्ट यूनिभर्सीटी, वेष्ट सब्जेट र वेष्ट सिटी यो हो भनेर सुझाव र सल्लाह दिंदै आएको छ । एक्सपर्टले टेली कम्युनिकेशनमा पनि सेवा र सुविधा बढाएको छ । विद्यार्थीहरू अष्ट्रेलिया पुगेदेखि नै एक्सपर्टले विद्यार्थीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । अष्ट्रेलियामा ४२ वटा विश्वविद्यालय मध्ये एक्सपर्टले २२ वटासँग सहकार्य गरेर काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित