यि हुन रंगेहात पक्राउ परेर पनि अख्तियारलाई झुक्याएर मिडियालाई बेवकुफ वनाउने भ्रस्टाचारी

ciaanपोखरा । इलाका बन कार्यालय आर्वाका सहायक बन अधिकृत गणेशबहादुर कार्कीलाई अख्तियारको केन्द्रीय कार्यालयवाट खटिएको टोलीले पोखराको न्यूरोडबाट ५० हजार घुस लेनदेन गर्दा गर्दै पक्राउ ग-यो । चैत्र १५ गते मंगलवार विहान ११ वजे पोखराको न्यूरोड स्थित कल्पना खाजा घरवाट रंगेहात पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि काठमाडौं लगिएको छ । अख्तियारका सह प्रवक्ताद्धारा जारी विज्ञप्तीमा जनाइए अनुसार उनले काहु फूलवारी भलाम जोड्ने मोटरबाटो निर्माणका क्रममा बाटो क्षेत्रका ढुंगा प्रयोग गर्ने सम्बन्धि विवाद निकालेर घुस मागेको बताइएको छ ।

यस घटनामा थप रहस्यहरू उजागर हुँदै आएको छ । पोखराका स्थानिय बासिन्दा समेत रहेका गणेशबहादुर कार्कीले बन उपभोक्ता समितिको मौखिक उजुरीका आधारमा सहायक बन अधिकृत कार्कीले बाटो निर्माण उपभोक्ता समितिका केहि पदाधिकारीलाई कार्यस्थलमै पुगेर घुस मागेका रहेछन् ।

घुस दिन आलटाल गरेपछि ढुंगा टिप्न आएको टेक्टरको साँचो खोसेर लगेको र २५ हजार रुपैयाँ नगद दिएपछि चावी फिर्ता दिएको थप रहस्य बाहिर आएको छ । यतिले मात्र नभएपछि सहायक बन अधिकृत कार्कीले पुन ५० हजार रुपैयाँ नदिएसम्म कार्म गर्नै नदिने भन्दै दवाव दिएपछि वाध्य भएर अख्तियारको ढोकामा न्याय खोज्न जानु परेको र त्यसको परिणाम स्वरुप कार्की कल्पना खाजा घरवाट पक्राउ परेको श्रोतले दावी गरेको छ ।

पोखरा लेखनाथ महानगर पालिकाको ६ लाख र जिविसको ५ लाख रुपैयाँ सहयोगमा सञ्चालित सडक निर्माण योजना क्षेत्रमा रहेका ढुंगाहरू सडकमा विच्छ्याउने सम्वन्धि विषयलाई वन उपभौक्ता समितिले इश्यु बनाएको र सोही बमोजिम सहायक बन अधिकृत कार्कीले आफ्नो तालुक कार्यालयका प्रमुख समेतलाई जानकारी नदिई व्यक्तिगत लाभ लिनका लागि आफू एक्लै गएर घुस रकम मागेका थिए । ट्याक्टरको चावी खोस्न स्वयम् पुग्नुले पनि घटनालाई पुष्टि गर्दछ । कार्कीले २५ हजारले प्यास नमेटिएपछि ५० हजार लिने क्रममा फन्दामा परेका हुन् ।

अति गर्नु अत्याचार नगर्नु भने झै उनले अत्याचार गर्न पुगेपछि यो प्रकरण पटाक्षेप भएको प्रष्ट भएको छ । यो घुस काण्ड सतहमा आएपछि आरोपी सहायक बन अधिकृत कार्कीलाई जोगाउने कसरतहरू सुरु भएको गन्ध पनि सतहमा आउन लागेको छ । कार्कीका दाजुभाईहरू नेपाल सरकारका कर्मचारी रहेका र उनीहरूको सल्लाह मुताविक कान्तिपुर लगायत विभिन्न पत्र पत्रिकामा आरोपी कार्कीको घुस काण्ड सम्वन्धि आएको समाचार प्रति निन्दा र भत्र्सना गरिएको भन्दै बाटो निर्माण उपभोक्ता समितिलाई माइनुट लेखेर सवैलाई हस्ताक्षर गर्न लगाइएको छ ।१९ गते सनिवार फूलवारी क्लवको कार्यक्रमको दिनमा त्यस्तो माइनुट गराइएको छ । उक्त माइनुटको फोटा कपी जिल्ला अदालत कास्कीका कर्मचारी समेत रहेका आरोपीका दाई दुर्गाबहादुर कार्कीले लिएर गएको समेत खबर प्राप्त हुन आएको छ । यो माइनुटको प्रतिलिपि अख्तियारमा पेश गरेर मुद्दा कमजोर बनाउने प्रपञ्च सुरु भएको संकेतको रुपमा हेरिएको छ ।विभिन्न षडयन्त्रका पुलिन्दा रचेर गरिएको यो माइनुटको सान्दर्भिकता अख्तियारलाई झुक्याउने र मिडियालाई वेकुफ वनाउने भन्दा अरु हुन सक्दैन । आरोपी कार्कीका आफन्त दाजुभाईहरू पावरफूल ठाउँ अदालत र प्रहरीमा रहेकाले उनीहरूको दवाव प्रभावका कारण रंगेहात पक्राउ परेका व्यक्तिको मुद्दालाई तुहाउने खेल भइरहेको तर्फ अनुसन्धान तहकिकात गर्ने निकाय सजक हुनु पर्छ । यति खेर मुद्दाको बारेमा सर्वत्र चर्चा चलेको छ । २५ हजार पचाइसकेको घुसको सत्यता सम्बन्धि पनि थप अनुसन्धान गर्नु जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित