सरकारी विद्यालयप्रति यसकारण टुट्दै छ भरोसा

sarkarisपोखरा । राज्यकोषबाट अरवौं खर्च भएको सामुदायिक विद्यालयहरु पढाउने ठाउँ भन्दा जागिर पकाउने र राजनीति गर्ने ठाउँको रुपमा परिचित बन्दै गएका छन् । अधिकांश विद्यालयको शैक्षिक गुणस्तर ओरालो गतिमा दौडिरहेको छ । जिम्मेवारी लिएका सरकारी कोषवाट तलव भत्ता खाने शिक्षकहरु पढाइलाई भन्दा घुमफिर र राजनीतिक दलका कार्यकर्ता वनेर शहर बजार चाहार्दै गरेका कारण पनि सरकारी विद्यालयप्रति जनताको भरोसा टुट्दै गएको छ ।

 पछिल्लो समयमा शिक्षकहरुको कमजोरी र व्यवस्थापन समितिको मनोमानी गठनका हर्कतहरु व्यापक वढोत्तरी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढि उजुरी शिक्षा क्षेत्रसँग सम्वन्धित रहेको तथ्यांक सार्वजनिक भएको छ । खासगरी सामुदायिक विद्यालयमा गठन गरिने विद्यालय व्यवस्थापन समितिमा व्यापक अनियमितता हुने गरेको छ । कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल आफूले वितेका एक हप्ता भित्र ५ वटा सामुदायिक विद्यालयलाई कारवाही गरिसकेको बताउँछन् । उनले अख्तियारवाट आएको उजुरी, छानविन र कारवाहीको पत्र चाङ देखाउँदै भने–‘यो पनि अनियमितताको संकेत हो क्रमश, छानविन र कारवाही गरिनेछ । ’पोखरामा नाम चलेका कतिपय विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति गठन कार्यमा अनियमित गरेको भन्दै उजुरी परेको  छ ।

  वैदामको तालवाराही मावि गठन गरिएको विद्यालय व्यवस्थापन समितिको प्रकृयागत त्रृटि भएको भन्दै जिशिकाले वदर गरेर त्रृटि सच्चाउन निर्देशन दिनु परेको थियो । उक्त विद्यालयले अभिभावक भेलावाट निर्वाचित भई आएका सदस्यहरु मध्ये ५० प्रतिशतलाई जानकारी नै नदिई दुई सदस्य मनोनित गरेर मनोनित मध्यबाटै तत्काल अध्यक्ष चयन गरेका कारण अनुपस्थित सदस्यहरुले असन्तुष्टि व्यक्त गर्दै प्रकृया सच्चाउन दबाब दिएका थिए ।

 अख्तियारमा समेत उजुरी परेपछि जिशिकाले विद्यालयलाई प्रकृया पूरा गर्न निर्देशन दिएको थियो । कार्यालयको निर्देशन वमोजिम यसअघि बनेको विव्यस वदर गरेको थियो । विद्यालयले प्रकृया पुरा गरेर दोश्रो पटक विव्यस गठन गरेर चैत्र २० गते जिल्ला शिक्षा कार्यालयमा वुझाएको छ । पछिल्लो पटक भएको गठनमा प्रवृत्ति सच्चाइएपनि पात्र उहि नै रहेको बुझिएको छ । चयन गरिसकिएका मनोनित र मनोनितवाटै भएको अध्यक्षलाई यथावत राखिएको खवर प्राप्त भएको छ ।

 यता शिवशक्ति मावि फुलवारीमा दुई महिना अघि नक्कली अभिभावकवाट सदस्य बनेका नारायण वास्तोला र मोहन वास्तोला तिनै सदस्यहरुको वैठकवाट अध्यक्ष बनेका थिए । उक्त विव्यस नियम संगत नभएको भन्दै बदर गरि नयाँ प्रकृयावाट वास्तविक अभिभावक सम्मिलित विद्यालय व्यवस्थापन समिति गठन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । उजुरी पछि शिक्षा कार्यालयले आफ्नो उप–सचिव नवराज पौडेललाई छानविन गर्न निर्देशन दिएपनि उनी छानविनमा नजाँदा शिवशक्ति मावि फूलवारीको अवैध व्यवस्थापन समितिले निरन्तरता पाउँदै आएको छ ।

  उक्त विद्यालयमा गठन भएको विव्यसमा अन्य विद्यालयमा पढ्ने विद्यार्थीको भर्नाको नाटक रचेर अभिभावक कोटावाट सदस्य बनाइएका छन् । विद्यालयका प्रधानाध्यापक कै अकर्मण्य कार्यशैलीका कारण अनियमितता बढ्न थालेको बताइएको छ । त्यस बारेमा जिशिअ नन्दलाल पौडेलले तत्काल छानविन अगाडि बढाइ नियमानुसार कारवाही हुने प्रतिवद्धता जनाएका छन् ।

यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित