माओवादी केन्द्रबाट मन्त्री छान्न स्थायी कमिटीको बैठक बस्दै

maoist

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले अन्य मन्त्री छान्ने विषयमा छलफलका लागि सोमबार दिउँसो तीन बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको हो ।

देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन चार मन्त्री नियुक्त गरे पनि त्यसपछि एक राज्यमन्त्रीबाहेक अन्य मन्त्रिपरिषद विस्तार गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित