भारतमा थप ३९ हजारमा कोरोना संक्रमण, ४१९ जनाको मृत्यु

ind

नयाँदिल्ली । भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ७० जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ३३ हजार ५५३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १३ हजार ५६४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८९२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित