नेपालमा एकैदिन ५५ जना संक्रमितको मृत्यु, २५४८ नयाँ संक्रमित, २०१९ डिस्चार्ज

Corona_Test

काठमाडौं । नेपालमा गत २४ घन्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । संक्रमित साथै मृतकको संख्या बढ्दै गइरहेको नेपालमा पछिल्लो २४ घन्टामा थप ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २०१९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित