नेकपा एमालेले बनायो ४ समिति, कुन समितिमा को-को ? (सूचीसहित)

Emale

Emale

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय समिति बैठकमा पेश गरेको छ। स्थायी समिति बैठकबाट पारित विधान संशोधन प्रस्तावलाई केन्द्रीय समितिले अघि बढाएको हो।

एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ। केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्।

ती समितिले तयार पारेको मस्यौदालाई स्थायी समिति र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ। मस्यौदा समितिहरू यस प्रकार प्रस्ताव गरिएका छन्।

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति

संयोजकः केपी शर्मा ओली

सदस्यहरूः वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे

२. संगठनात्मक प्रतिवेदन मस्यौदा समिति

संयोजकः ईश्वर पोखरेल

सदस्यहरुः विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल

३. विधान संशोधन मस्यौदा समिति

संयोजकः विष्णु पौडेल

सदस्यहरुः सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह

४. व्यवस्थापन समिति

संयोजकः रामवहादुर थापा

सदस्यहरुः मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा

 

प्रतिक्रिया

सम्बन्धित