मुग्लिन–नारायणघाट सडकखण्डको सुख्खा पहिरोमा आधा दर्जन सवारीसाधन पुरियो, १ को मृत्यु भएको पुष्टि

pahiroकाठमाडौं : चितवनको नारायाणघाट–मुग्लिन सडक खन्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको ढिस्को खसेर केही गाडीलाई पुर्दा एकजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यानका रेशराज राना रहेका छन् । काठमाडौंतर्फ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसंगै रानासवार थिए । मोटरसाइल पुरिंदा छोरा सन्दीप पनि घाइते भएका छन्, उनलाई उपचारको लागि भरतपुर लगिएको छ । बिहान १० बजेतिर सडक माथिबाट ठूलो ढिस्को झरेर एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।

यो सडक विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, सोमबार भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् । ठूला–ठूला चट्टानसहितको ढिस्को खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरको मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ । ढिस्को झरेपछि सवारी आवागमन ठप्प भएको छ । घटनामा अन्य १० जना पुरिएको अनुमान गरिएको छ । pahiro1

प्रतिक्रिया

सम्बन्धित