वाईसिएलको मध्यपुर थिमी नगरस्तरीय युवा भेला सम्पन्न, २ सयभन्दा बढी युवा वाईसिएलमा प्रवेश

YCL_1

भक्तपुर । भक्तपुरमा बिभिन्न पार्टी परित्याग गरी २ सय बढी युवाहरु माओवादी केन्द्रको युवा संगठन वाइसिएल, नेपालमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न वाईसिएलको मध्यपुर थिमी नगरस्तरीय युवा भेलामा बिभिन्न पार्टी परित्याग गरी २ सय बढी युवाहरु प्रवेश गरेका वाइसिएलका भक्तपुर अध्यक्ष नरेश वाइवाले जनाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ का वाइसिएल संयोजक नरेश रन्जितको संयोजकत्व र मध्यपुर थिमिका नगर अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामामा सम्पन्न उक्त कार्यक्रममा मध्यपुर थिमीका ९ वटै वडाका विभिन्न पार्टीका कार्यकर्ताहरु वाइसिएलमा प्रवेश गरेको जनाइएको छ । ‘हामी अत्यन्तै उत्साहित छौं । मध्यपुरका स्थानीय युवाहरु स्वतस्फूर्त रुपले वाइसिएलमा प्रवेश गर्नुभएको छ,’ संयोजक रञ्जीतले भने । उक्त अवसरमा शुसिल श्रेष्ठ, राजीव श्रेष्ठ, निश्चल श्रेष्ठ, अनिस प्रजापति, सविन कारंजित लगायतका युवाहरुले नेतृत्व गरेका युवाहरु वाइसिएलमा प्रवेश गरेका बताइएको छ ।

नवप्रवेशी युवाहरुलाई माओवादी केन्द्रका बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, भक्तपुर अध्यक्ष डिपी ढकाल त्यसैगरी पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा,प्रदेश इन्चार्ज जीबी गुरुङ,संयोजक नकुल गौतम, भक्तपुरका वाइसिएल इन्चार्ज दिनेश थपलिया आक्रोश, अध्यक्ष नरेश वाइवा लगायतले स्वागत गरेका थिए ।

May be an image of 7 people, people standing and indoor

उक्त अवसरमा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेताहरुले प्रशिक्षण दिनुका साथै दिशानिर्देश समेत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश इन्चार्ज शाक्यले पार्टी एकता र विभाजन लगायत बिषयमा बोल्दै पार्टीको बर्तमान अवस्था र भावी कार्यदिशाबारे प्रष्ट पार्ने प्रयास गरेका थिए भने भक्तपुर इन्चार्ज भिष्मले संगठन निर्माण र संचालन गम्भीरताका साथ् अघि बढिरहेको बताउदै युवाहरुको पार्टीप्रतिको आकर्षण निभ्न नदिने दावी गरे । उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका केन्द्रीय अध्यक्ष दीपशिखाले मध्यपुरमा आफू पनि बसाइ सरेर आएको खुलासा गर्दै अब भक्तपुरमा माओवादी विरोधीहरुको जमानत जफत हुनेगरी युवाहरूले संगठन निर्माण गरेर देखाउने जिकिर गरे भने भक्तपुर पार्टीका अध्यक्ष डिपी ढकालले युवाहरुसंग सिंगो पार्टी रहेकोले निर्भिकताका साथ् जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएका थिए ।

YCL_2

पार्टीको मध्यपुर थिमिका नगर अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन युवा नेता शिव श्रेष्ठले गरेका थिए । उक्त नगर भेलाबाट वाइसिएलको नगर कमिटी समेत निर्वाचित भएको बताइएको छ । भेलाले युवा नेता अमित कारंजीतको नेतृत्वमा ५१ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको नवनिर्वाचित उपाध्यक्ष मदन चक्रधरले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित