९२ लाख हुन्डीको रकमसहित न्यूरोड क्षेत्रबाट चार जना पक्राउ

arrese (1)

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले हुन्डीको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

परिसरको टोलीले सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर–२२ न्यूरोड क्षेत्रबाट चार जनालाई रकम सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइ रहेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले ९२ लाख ९६ हजार रुपैयाँ नगद, ८० लाख ४३ हजार ३ सय रुपैयाँ बराबरको बैंकमा डिपोजिट गएको रसिद र ३६ लाख ८३ हजार ४ सय रुपैयाँको चेक बरामद गरेको हो।

थप अनुसन्धानको लागी सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर बुझाइएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित