नेपालमा पहिलो फ्लाइओभर रोड ग्वार्कोमा, निर्माण प्रक्रिया सुरु

flyoverकाठमाडौ ।

सवारी जाम कम गर्नका लागि फ्लाइओभर रोड निर्माणको प्रक्रिया सुरु भएको छ। सरकारको लगानीमा पहिलोपटक ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको हो।

काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेको थियो ।

आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रलाई उदृत गर्दै नेपाल टेलिभिजनले जनाएको छ।

बालकुमारीतर्फबाट आएका सवारी साधन चार लेन उठेर ग्वार्कोतिर लाग्ने र अर्को चार लेन तल ९अहिलेको भएको ठाउँमा० हुने केन्द्रका प्रमुख डा विजय जैसीले बताए। ‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ। उनले भने,‘माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ।’

सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो। केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा जैसीले जानकारी दिएका छन्।

परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको हो। तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्को छानिएको र यो नेपालका लागि नौलो रहेको जैसीले बताए।

‘फ्लाइओभर’ बिएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ। सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग ९मुख्य सडक०मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने निर्देशक डा जैसीले बताए।

उपत्यकामा ‘फ्लाइओभर’ निर्माणका लागि अर्थ मन्त्रालयले चालु आवमा ३४ करोड बजेट सुनिश्चित गरेको छ। ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् त्यसैका आधारमा यसको बजेट यकिन हुनेछ।

सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने गरी योजना बनाइएको छ। अहिलेसम्म ‘फ्लाइओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा जैसीको भनाई छ।

सुरु भएको दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ। संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्ने कुरामा ध्यान दिइएको निर्देशक डा जैसीले बताए। र ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ।

निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारी साधन अन्यत्रबाट अर्कातर्फ मोड्ने ९डाइभर्ट० गर्नुपर्ने उनले बताए।

जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ। माथिल्लो भागमा रहने मुख्य संरचना ९सुपर स्ट्रक्चर० अन्यत्रबाट बनाएर बोकेर लगेर राख्न खोजिएको छ।

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आर्थिक बर्षमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना छ। चीन सरकारले झण्डै तीन वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएको हो। सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ। ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने विभागले बताउँदै आएको छ।

सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारको सहयोगमा कोटेश्वर र बानेश्वर तथा जापान सरकारको सहयोगमा थानकोटमा निर्माण गर्ने गरी छलफल भइरहेको छ।

काठमाडौँ उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोकमा जापान अन्तर्रााष्ट्रिय सहयोग नियोग ९जाइका०ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ। जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ।

बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्षपहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो।

आफूले विस्तार गरेको सडकमा जाइकाले चोकमा संरचना निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ।

त्यस्तै नेपालको सडक यातायातको इतिहासमा नेपालकै पहिलो आधुनिक सुरुङमार्ग निर्माण हुँदा त्यससँगै ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण हुँदैछ। नागढुङ्गामा सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ। २०७६ असोजमा सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच आयोजना ४२ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

२०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल ९धोबीखोला पुल० सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण गरिने गरी डिजाइन भएको छ।

चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अण्डरपास’ निर्माण गरेको थियो। यो नै नेपालमा निर्माण भएको पहिलो ‘अण्डरपास’ हो। उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाइओभर’को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ। बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिनेछ। त्यतातर्फ २८० मिटर लम्बाइको ¥याम हुने र सातादोबाटोमा झर्न १७५ मिटर लम्बाइको ¥याम हुने बताइएको छ।

सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ। मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट गाडी जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित