सर्वोच्चमा सुनुवाई चलिरहेकै बखत मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

shankar-Pokheral

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार मध्यान्न मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताएका छन् ।

चौधरीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिएकोबारे जानकारी गराउने तयारी गरिरहेका छन् ।

यसैबीच विशेष अधिवेशन आह्वान गरिएकोमा सोविरुद्ध परेको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ, त्यसको फैसला नआउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित