लुम्बिनी प्रदेश नयाँ मुख्यमन्त्रीमा केसीको दाबी, आजै सपथ लिँदै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी

Lumbini_Kul bahadur

बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्दै सरकार निर्माणको दाबी गरिएको छ ।

नयाँ सरकारको दाबीसहित चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको हो ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

पोखरेलले बुधबार राजीनामा दिएपछि स्वीकृत गरी प्रदेश प्रमुख शेरचनले आज दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीका दाबी पेश गर्न समय तोकेका थिए ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर मन्त्रिपरिषदसमेत गठन गर्ने तयारीमा रहेका भावी मुख्यमन्त्रीले आगामी आठ महिना सरकारको नेतृत्व गर्ने भएका छन् भने त्यसपछि संघीय सत्तारुढ दल नेपाली कांगं्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित