के तपाईं उडुस मार्न सक्नुहुन्छ, त्यसो भए टिचिङ अस्पताल जानुहोस् !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर निकालेको छ । शुक्रबारको गोरखापत्रमा सूचना निकाली अस्पतालभित्रका विभिन्न विभागमा रहेका मुसा, उडुस, उपियाँ, साङ्ला नियन्त्रणका लागि टेण्डर आह्वान गरेको हो ।
अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले अस्पतालको यस किसिमको टेण्डर नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल बाहेक अन्य अस्पतालमा पनि मुसा, उपियाँ साङ्ला नियन्त्रणको लागि टेण्डर आह्वान गरिन्छ ।
शिक्षण अस्पतालले विभिन्न विभाग, शाखा, वार्ड, ओपीडिलगायतका युनिटमा ती जीवहरु नियन्त्रण गर्नका लागि १५ दिनभित्र गोप्य शिलबन्दीका आधारमा टेण्डर आह्वान गरेको छ ।
प्रतिक्रिया