टेलिकमका कर्मचारी आन्दोलित, विनियामवली फिर्ता गर्न दबाब

Telecom

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरुले माग तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

कर्मचारीहरुले अधिकार, सबै सुविधा कटौती हुने गरी साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहित विरोधको कार्यक्रम गर्दै आएका छन् ।

४ हजार बढी कर्मचारी प्रतिकुल हुने गरी विनियमावली ल्याएको हुँदा परिसरमा अनसन बस्न बाध्य भएको कर्मचारीहरु बताउछन् । २८ दिनसम्म पनि आफुहरुको माग सुनुवाई नहुँदा कर्मचारीहरु संचालन समिति र व्यवस्थापन विरुद्ध झनै आक्रोसित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित