उपत्यकामा १०३३ सहित देशभर थप ३२७४ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार ६८९ जनाको कोरोना परीक्षण हुँदा ३ हजार २ सय ७४ जनालाई संक्रमण पुष्टि भएको छ । ११ हजार ५६५ पीसीआर र ६१ सय २४ एन्टीजेन गरि १७ हजार ६८९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । आज थपिएकामध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ गरि उपत्यकामा १०३३ जनालाई पोजेटिभ देखिएको छ ।

२४ घण्टामा देशभर १ लाख ४४ हजार ५२८ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । अहिले सक्रिय संक्रमित ३९ हजार ८७१ रहेका छन् । ७९० जना आइसियु र १९१ जना भेन्टिलेटरमा उपचररत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित