माधव नेपालको नेकपा एमाले (समाजवादी) दर्ता, महन्थ दल दर्ताका लागि निर्वाचन आयोग

madhav

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अन्ततः फुटेको छ ।

बुधबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गरेसँगै एमाले फुटेको हो। नयाँ दर्ता गरिएको दलको नाम नेकपा एमाले (समाजवादी) दल रहेको छ भने खुला किताब चुनाव चिह्न रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि निवदेन दिएका छन् ।

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

अध्यादेशमार्फत् सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

ठाकुर पक्ष एक नेताका अनुसार अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकलको प्रस्ताव गरेको छ।

प्रतिक्रिया

सम्बन्धित