देशकै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य, बुधबारै लिइन् सपथ

Astalaxmi

काठमाडौं । अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन्। नेकपा एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको हो। यससँगै शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री भएकी छिन् ।

बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्।

शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति नै शपथ गराएका छन्।

सन् १९५४ मा काठमाडौंको झोंछेमा जन्मिएकी शाक्य अमृत बोहोराकी पत्नी हुन् । तत्कालिन नेकपा एमालेकी उपाध्यक्ष शाक्य पूर्वमन्त्री समेत भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित