भारतमा उपचारत गिरीलाई भेट्न बिमलेन्द्र निधि भारत जाँदै

Pardeep Giri
काठमाडौं ।
नेपाली काँग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई भेट्न उपसभापति बिमलेन्द्र निधि आज भारत जाने भएका छन् ।

नेता गिरी एकसाता अघिबाटै भारतमा उपचाररत हुनुहुन्छ । उपचारको क्रममा गिरीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै भेट्नका लागि आज उपसभापति निधि भारत जान लागेको बताइएको छ । हाल गिरीको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।

निधि जनकपुरबाट दरभंगासम्म सवारी साधनमा जाने र त्यहाँबाट जहाजमार्फत मुम्बई जानेकार्य तालिका रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित