हुन्डाइको ठग्ने नयाँ शैली,एउटै गाडीबाट यसरी असुल्छ २६ लाख (प्रमाण सहित )

tuxasकाठमाडौं  । तपाईंले ‘चिनी खुवाएर मह छदाएको’ भन्ने कुरा कतै सुन्नु भएको छ ? यो वाक्यको अर्थ हुन्छ, चानचुन दिएर महंगो असुल्ने । ठीक अहिले हुन्डाई गाडीको विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यस्तै योजना ल्याएको छ ।

एउटै गाडीबाट २६ लाखसम्म नाफा कुम्ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी किन्नेलाई शुन्य ब्याजदरमा फाइनान्सिङ सुविधा दिने भएको छ । हुन्डाइको टक्सन जिएलएस हाई ट्रिम भन्ने डिजेल ब्रान्डको भन्सार छुटाइसकेको मूल्य छ ७६ लाख ५० हजार ८ सय ५४ रुपैयाँ ५० पैसा ।

 तर यो गाडीको बजार मूल्य लक्ष्मी इन्टरकन्टिनेन्टलले कति राखेको छ ? अनुमान लगाउन सक्नु हुन्छ ? ब्याजबिना नै ऋणको सुविधा कसरी मिल्यो होला भन्ने प्रश्नको जवाफ यसैमा छ । लक्ष्मीले टक्सन जिएलएस हाई ट्रिम ब्रान्डको एक गाडी बेच्दा २६ लाख ४५ हजार १ सय ४६ रुपैयाँ नाफा लिन्छ । अर्थात यसको बजार मूल्य छ १ करोड २९ लाख ६ हजार ।

 यो त एक उदाहरण मात्रै हो । लक्ष्मीले कम्तिमा २० वटा ब्रान्डका कार जीप बिक्री गर्छ । यी सबैजसोमा उच्चतम् नाफा राख्छ । यदि यसलाई कानुनको कसीमा जाँच्ने हो भने यसलाई अपराध मान्नु पर्ने हुन्छ । किनभने नेपालको कानुनमा २० प्रतिशतभन्दा बढी नाफा राख्न पाइन्न् । लक्ष्मी इन्टरकन्टिनेन्टलले कानुन देखाउने निकायको मुखमा बुझो लगाइदिएर यस्तो लुट मच्चाउको शंका गर्न सकिन्छ । काठमाडौंको नक्सालमा कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले ग्रान्ड माज्ना ब्रान्डको कारमा पनि १० लाख नाफा राखेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले १६ लाख ६९ हजारमा करसहित आयात गरेर २६ लाख ५६ हजारमा बिक्री गर्छ । लक्ष्मीले बिक्री गर्ने हरेक मोटर कारमा मुलुकमा विद्यमान ऐन कानुनले तोकेभन्दा बढी फाइदा लिइरहेको छ ।

 आखिर यस्तो किन रु लक्ष्मीका सिनियर मार्के्टिङ मेनेजर (ब्रान्ड) अवाशिष ओझालाई हामीले प्रश्न गरेका थियौं । तर मार्केटिङ मेनेजरको पदमा रहेका भए पनि उनको जवाफमा निरिहता मात्रै प्रकट भयो । उनले एउटै कारबाट १०–१० लाख नाफा राख्नु पछाडिको कारणमा ढुवानी, भन्सार, गोदाम आदि खर्च हो भनिदिए । जबकी हामीले प्रस्तुत गरेको कारको मूल्य भन्सारको २४० प्रतिशत कर जोडिसकेपछिको हो ।मेनेजर ओझाले नाफाबारे कुनै टिप्पणी नगरेर आफ्नो निरिहता प्रकट गरे ।

 किन र कसरी नियमविपरीत नाफा राखिएको छैन भन्ने विषयमा लक्ष्मी इन्टरकन्टिनेटल जवाफ दिइरहन आवश्यक ठान्दैन । लक्ष्मीका मालिक निराकर श्रेष्ठ त टेलिफोन सम्पर्कमा पनि आउन चाहँदैनन् । किनभने यो प्रश्नको जवाफ दिनु भनेको उपभोक्ता हित प्रति जिम्मेवार हुनु हो । यो कम्पनीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न खोज्यो भने उसकै कट्टु फुस्किने डर छ । यसकारण पनि लक्ष्मीले यो लुटको सत्यता बाहिर ल्याउने मुख्र्याईं गर्दैन ।

नेपालआजडटकम बाट

प्रतिक्रिया

सम्बन्धित