युनाइटेड युनियन भोलिन्टियरद्वारा श्रीवास्तव पुरस्कृत

काठमाडौं ।  नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय सहायक राजन श्रीवास्तव युनाइटेड युनियन भोलिन्टियरद्वारा पुरस्कृत भएका छन् ।

 काठमाडौंको सोल्टी होटलमा आज एक कार्यक्रमबीच श्रीवास्तवलाई युएनभीका जर्मनस्थित कार्यकारी समन्वयकर्ता ओलिभर एदमले रु ५० हजारले पुरस्कृत गरेका हुन् । वीरगंजको रक्तसञ्चार केन्द्रमा हुने रगत अभावको बेला श्रीवास्तवले आकस्मिक रक्तदान कार्यक्रमहरू आयोजना गरी सेवा पु-याउँदै आएका थिए । यसैगरी नेपाल रेडक्रस सोसाइटी धादिड्ढा नारायणकुमार श्रेष्ठ र सुर्खेतकी सजना सुनार पनि पुरस्कृत भएका थिए ।

 एम्बुलेन्स अङ्कलको नाममा धादिङमा चर्चित श्रेष्ठ दैवी प्रकोप उद्धार काममा सक्रियतापूर्वक लागेको कारण र सुनार बालबालिकाको क्षेत्र, दाइजोविरुद्ध अभियान र जातीय भेदभाव विरुद्ध काममा सक्रिय रहँदै आएकाले पुरस्कृत भएका छन् । कार्यक्रममा स्वयंसेवक संस्थाका निर्देशक जयशङ्कर लाल, नेरेसाका उमेश ढकाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित