एसेसमेन्ट लेभलमा नेपाल पुनः दोस्रो स्थानमा, अष्ट्रेलिया जान विद्यार्थीलाई सहज

aipausकाठमाडौं। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई ठुलो राहत मिलेको छ ।  नेपाल अष्ट्रेलियन एसेसमेन्ट लेभलमा पुनः दोस्रो स्थानमै पर्न सफल भएको हुँदा विद्यार्थीहरुमा खुशी छाएको हो ।

  अष्ट्रेलियाको अध्यागमन विभागका अनुसार नेपाल पुनः दोस्रो स्थानमै रहन सफल भएको हो । शुक्रवार एसेसमेन्ट लेभलमा हेरफेर गरिएको थियो । दोस्रो स्थानै रहेकोले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सहज हुने नेपाल शैक्षिक परामर्श संघले जनाएको छ । यो संगै अब अष्ट्रेलियाका महत्वपूर्ण र टप  विश्वविद्यालयमा आवेदन दिँदा आर्थिक डकुमेन्टहरु  ‘हाइ कमिसन’ मा बुझाउन नपर्ने भएको परामर्श व्यवसायीहरुको भनाइ छ  ।अष्ट्रेलिया नेपाली विद्यार्थीको आकर्शक र प्रमुख गन्तव्य स्थलका रुपमा चिनिंदै आएको छ  ।

प्रतिक्रिया

सम्बन्धित