बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, प्रसाई पदमुक्त

Bagmati Pradesh pramukh

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले सरकाले वाग्मती प्रदेशको प्रदेशप्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् ।

‘सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित