प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ, सामान्य रुघाखोकी र ज्वरोमात्रैः दाहालपुत्री गंगा

Prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शुक्रबारदेखि घर बाहिर निस्कन र भेटघाट कार्यक्रम बन्द गरेको दाहाललाई सामान्य ज्वरो र रुघाखोकीमात्रै रहेको जनाइएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै बसिरहेका अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पुत्री गंगा दाहालले अध्यक्ष दाहाललाई सामान्य रुघाखोकी र ज्वरो आएको बताएकी छिन् ।

गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आए संगै अहिले अवश्था सामान्य रहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित